‘विद्यार्थीहरू एमालेलाई धुलो चटाउन कुरेर बसेका छन्’



काठमाडौं। अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले चर्को आलोचना गरेका छन्। उनले विद्यार्थीहरु एमाले पार्टीलाई धुलो चटाउने दिन कुरेर बसेको बताए।

बिहीबार कास्कीको लामाचौरमा आयोजित अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको सम्मेलनलाई सम्बोधन गर्दै तामाङले आउँदो स्ववियू निर्वाचनले एमाले भातृ संगठन अनेरास्ववियुको औपचारिक विदाई गर्ने जिकीर गरे।