त्रिशुलीमा कार खस्यो, तीन जना बेपत्ता



काठमाडौँ। काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको मुग्लिङ नजिकै त्रिशुली नदीमा खसेको छ।

कार दुर्घटना हुँदा ३ जना बेपत्ता भएको चितवनका एसपी ओम अधिकारीले बताए। गएराति ग २ च ४९१८ नम्बरको कार इच्छाकामना गाउँपालिका –५ स्थित मुग्लिङभन्दा अढाई किलोमिटर अगाडी काठमाडौं तर्फबाट त्रिशुलीमा खसेको हो।

कार चालक पोखरा मानगरपालिका–१७ घर भएका ५५ वर्षीय प्रेम बहादुर भुजेल, पोखराका लेख बहादुर भुजेल र उनकी पत्नी ईश्वरी भुजेल बेपत्ता भएका छन्। बेपत्ताहरुको खोजी भइरहेको एसपी अधिकारीले बताए।