महेन्द्र शाही (राष्कोटी) को स्वरमा मार्मिक देउडा गीत (भिडियोसहित)



काठमाडौँ। देउडा गायक महेन्द्र शाही (राष्कोटी) को एकल स्वरमा नयाँ देउडा ठाडिभाका बजारमा आएको छ।

कालिकोट जिल्लाको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम (पताँती कान्छा) को शब्द रहेको ‘महान मेरी आमा’ बोलको गीतको संगीत गायक शाहीले निर्माण गरेका हुन्। गायक, संगीतकार सुरेश शाहीको संगीत संयोजन रहेको गीतमा निरुतादेवी बम, लक्ष्मण बम, गौरीकला शाही (बम) लगायतको फिचरिङ रहेको छ।

आशा शाहीको निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोका दृश्यहरु डिबि रेउलले क्यामेरामा कैद गरेका हुन् भने राजेश कुमारले सम्पादन गरेका छन्।