डा.नारायण खडका परराष्ट्रमन्त्रीमा सिफारिस



काठमाडौँ। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्र मन्त्रालयमा नेपाली कांग्रेसका नेता डा.नारायण खडकालाई सिफारिस गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अन्य मन्त्रीहरुबारे पछि निर्णय गर्ने गरि परराष्ट्र मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका नेता नारायण खडकालाई दिने निर्णय गरेको हो।

मन्त्रीपरिषदका अन्य मन्त्रीहरुको बारेमा छिट्टै नै निर्णयमा पुग्ने समेत बैठकले निर्णय गरेको छ। आजको बैठकले यसअघि केपी ओलीको प्रधानमन्त्रीत्वकालमा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने समेत निर्णय गरेको छ।

राजनीतिक आग्रहका आधारमा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको छ। श्रोतले भन्यो, यस विषयमा तत्काल सम्बन्धित देशलाई पत्राचार गरिनेछ। अरु मन्त्रीहरु समेत तत्काल नै नियुक्त गरिने आजको बैठकले निर्णय गरेको छ।