‘प्रतिगमन मुर्दावाद भन्ने र आइलभ यु बा’ भन्नेहरू एकै ठाउँमा कसरी बस्छन्?’



काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले प्रतिगमन जिन्दावाद र प्रतिगमन मुर्दावाद भन्नेहरु एकै ठाउँमा कसरी बसेका होलान् ? भन्दै प्रश्न गरेका छन्।

अध्यक्ष पराजुलीले सामाजिक सञ्जालमार्फत उक्त प्रश्न गरेका हुन्। उनले लेखेका छन्, ‘हिजो प्रतिगमन मुर्दावाद भन्ने र प्रतिगमन जिन्दावाद ‘बा’ आइलभ यू भन्नेहरुको वैचारिक एकरुपता कहाँ निर मेल खान्छ? लोकतान्त्रिक गणतन्त्र, संविधान, संसद पटक-पटक विघटन सहि/ठिक हो भन्ने र यो वेठिक हो भन्नेहरुबीच एउटै बैठकमा बसेर त्यो प्रतिगामी प्रतिवेदनका बारेमा सहिछाप गर्छन् कि यसो मिडिया आएर विरोध गर्छन्?’

अध्यक्ष पराजुलीले अगाडि लेखेका छन्, ‘हिजो सर्वोच्चमा गएर यो प्रतिगमन हो संसद बचाई पाउ भन्दै गरेको हस्ताक्षरका बारेमा के बोल्छन्? राजनीतिमा सिद्धान्त विचारलाई कुल्चिएर गरिने सम्झौताको कुनै अर्थ र माने रहँदैन। केपी ओलीले गरेको असंवैधानिक, प्रतिगामी कदमका बारेमा वैचारिक भनिएका कमरेडहरुको अबको कदम के हुन्छ होला? साचि जेष्ठ २ अघिको संगठनको संरचना चाहि पूरै कायम रहेछ होईन? कुन-कुन विदेशी प्रभुलाई विन्ती गरेर सम्झौता गरेको भन्ने कुरा चाहि बिस्तारै खुल्दै जाला।’