‘अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद्को विस्तार हुन्छ’



काठमाडौँ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न अनुरोध गरेका छन्।

सोमबार दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद्को विस्तार हुने बताएका छन्। दल विभाजनसम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने उनले बताए।

सोमबार संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने,‘यो दलसम्बन्धी ल्याएको अध्यादेश यो खारेज हुन्छ। र त्यो खारेज हुनेबित्तिकै मन्त्रिपरिषद्को विस्तार हुन्छ। सरकारले पूर्णता पाउँछ। र अब हामी यसलाई चाडै गर्छौं।’सरकार विस्तारका लागि मन्त्रालय बाँडफाँटको काम पनि बाँकी रहेको अध्यक्ष यादवले बताए।