शिक्षक बीसीको हत्या आरोपित सार्वजनिक



सुर्खेत। दैलेखको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार बीसीको हत्या आरोपमा सोही स्थानकी २५ वर्षीया मुना राना पक्राउ परेकी छन्।

प्रहरीले उनलाई शिक्षक बीसीको हत्या आरोपमा बुधबार सार्वजनिक गरेको हो। गुराँस गाउँपालिका–८ छोटेपोखरीकी २५ वर्षीया रानाले व्यक्तिगत रिसइबीका कारण शिक्षकको हत्या गरेको बयान दिएकी छन्।

दैलेख प्रहरीका अनुसार रानाले शिक्षकको हत्या आफैंले गरेको स्वीकार गरिसकेकी छन्। उनी डम्बर खड्काकी पत्नी हुन्। उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए।