पेस्तुलसहित सितापाइलाबाट एक जना पक्राउ



काठमाडाैँ। शसस्त्र प्रहरी बलको विशेष टोलीले राजधानी काठमाडौँको सितापाईलाबाट एक जना युवालाई पेस्तुलसहित पक्राउ गरेको छ।

प्रहरी बलको विशेष टोलीका अनुसार बुधबार दिउँसो ४ बजे तिर कामपा १६ स्थित सितापाईला छाउनी मार्गको रोक चिल्ली रेष्टुरेण्टबाट सोनाम तामाङलाई पेस्तुलसहित पक्राउ गरेको हो।

२४ वर्षीय तामाङको साथबाट ‘मेड इन जर्मनी’ लेखिएको पेस्तुलसहित पाँच राउण्ड गोली, एक थान मोबाइल र बा४९प ७५६५ नम्बरको होण्ड साइन मोटर बाइकसमेत पक्राउ गरेको टोलीले जानकारी दिएको छ।

पक्राउ परेका तार्केश्वर नगरपालिका वडा नम्बर ३ का तामाङमाथि थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको शसस्त्र प्रहरी बलको विशेष टोली एक अधिकारीले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।