लालीगराँस सामुदायिक वनको छैटौं वार्षिक साधारण सभा सम्पन्न



बौनिया (कैलाली)। कैलालीको बर्दगोरिया ३ मा रहेको लालीगराँस सामुदायिक वन उपभोक्ता समुहको छैटौं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ।

कार्यक्रममा सामुदायिक वनका कार्यालय सचिव यज्ञराज वान्तोलाले आर्थिक वर्ष २०७६/०७७ को १० लाख  ११ हजार ५ सय ३२ र आर्थिक वर्ष २०७७/०७८ को १५ लाख ६७ हजार ७ सय ३० रुपैयाँ बराबको आयव्यय प्रस्तुत गरेका थिए।

समुहका अध्यक्ष भीम वहादुर कुवँरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिकाका वडा नं ३ का वडाध्यक्ष करर्ने सुनार रहनु भएको थियो। कार्यक्रममा बोल्दै उहाँले सामुदायिक वनको संरक्षण अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो। उहाँले पछिल्लो समय सामुदायिक वन संरक्षणमा चुनौतीसमेत थपिएकाले यसप्रति आम उपभोक्ता सबै सचेत रहन आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा सव डिभिजन वन कार्यालय रामपुरका प्रमुख कृष्ण बोहराले वन संरक्षणविना मानव जातिको समेत अस्तित्व खतरामा हुने भएकाले यसको दिगो विकासमा जोड दिनुभयो। उहाँले वन आम्दानीको स्रोत मात्र नभई सिङ्गो वातावरण संरक्षणको महत्त्वपूर्ण अंग भएकाले आम्दानी संगै यसको संरक्षणमा लगानि गर्न आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा बर्दगोरिया गाँउपालिका कार्यपालिका सदस्य कोकिला खत्रीले सामुदायिक वनको विकास र संरक्षणमा विशेष ध्यानदिन सवै सरोकारवाला निकायलाई सचेत गराउनुभयो।