एमालेको विरोधका बीच विनियोजन विधेयक २०७८ स्वीकृत



काठमाडौँ। प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा प्रस्तावित विनियोजन विधेयक अघि बढाएपछि पास भएको छ।

बैठक शुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदहरुले वेल घेरे पनि रोष्ट्रममा नै रहेका अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलपल अघि बढाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवाल मात्र सहभागी भए। उनले अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा बोल्दै सो परियोजना पास गर्न नहुने बताए।

सभामुखले सो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको छ। साथै सभामुखले असोज ४ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।