नेपाल टेलिकमले ‘नमस्ते-पे’ मोबाइल वालेट सुरु गर्ने



काठमाडौँ। नेपाल टेलिकमले मंगलबारबारे ‘नमस्ते-पे’ मोबाइल वालेट सुरु गर्ने भएको छ। यसका लागि टेलिकमले गत वर्ष नै राष्ट्रिय वाणिज्य बैंकसँग मिलेर ‘डिजिटल पेमेन्ट्स कम्पनी’ लिमिटेड खोलेको थियो।

मोबाइलबाट वित्तीय सेवा दिने गरी पूर्वाधार तयार भएको हो। नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले मंगलबारबाट ‘नमेस्ते पे’सेवाले आधारभूत सोव सुरु गर्ने जानकारी दिए। ‘यूएसएसडी र इन्टरनेटमा आधारित मोबइल एप्सबाट नमस्ते पेको सेवा लिन सकिनेछ,’ उनले भने। एसएएसडी भनेको अहिले स्टार १४१५ ह्यास डायल गरेर सेवाका लागि इन्टरनेट नहुँदा पनि गर्न सकिने ‘अनुरोध प्रणाली’ हो।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक अधिकारीका अनुसार शुरुआतमा नमस्ते पोबाट पाइने सेवा के(को हुने भन्ने मंगलबार नै जानकारी दिइने छ। ‘मोबाइलबाटै अनलाइन कारोबार गर्न सकिने भएकाले नेपाली जनताका लागि यो नयाँ अनुभव हुनेछ,’ उनी भन्छन्, ‘डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन र क्यासलेस सोसाइटीको परिकल्पनालाई साकार पार्ने र वित्तीय पहुँच विस्तार गरी सुशासन र वित्तीय कारोबारमा पारदर्शिता कायम गर्न यसले महत्वपूर्ण योगदान दिनेछ ।’

यो कम्पनीले ‘युटिलिटी पेमेन्ट सर्भिस’ सहित मोबाइल मनी प्रविधिमा भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्नेछ । कम्पनीको अधिकृत पुँजी एक अर्ब छ। टेलिकमसँग ठूलो नेटवर्क छ। करोडभन्दा बढी ग्राहक छन्। धेरै नागरिकमा बैंकिङ पहुँच नपुगेको अवस्थामा टेलिकमबाटै यो प्रविधि चलाएपछि एउटा ठूलो फड्को मार्न सकिने कम्पनीको विश्वास छ।

सरकारी तवरबाटै डिजिटल बैंकिङ सेवा उपलब्ध गराउन यसले ठूलो भूमिका खेल्ने पनि विश्वास गरिएको छ। राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक ‘पेमेन्ट सर्भिस प्रोभाइडर’ का रुपमा दूरसञ्चार कम्पनीहरुले काम गर्नसक्ने व्यवस्था गरेको छ। मोबाइल वालेट, डिजिटल वालेट वा ई(वालेट नामबाट भुक्तानी दिन सक्ने कानुनी व्यवस्था छ।

राष्ट्र बैंकले विद्युत्तीय माध्यमबाट भुक्तानी गर्नसक्ने सरकारी कार्यालयहरुका लागि पनि त्यस्ता कम्पनीले सेवा दिन सक्ने व्यवस्था गरेको छ। तोकिएबाहेकका बैंकिङ सेवा दूरसञ्चार प्रदायकहरुले दिन पाइँदैन। अहिले बैंकहरुले नै मोबाइल बैंकिङ सेवा दिँदै आएका छन्।

धेरै देशहरुमा बैंकहरुलाई नै दूरसञ्चार कम्पनीका सेवाले टक्कर दिइरहेका छन्। कतिपय देशमा त बैंकभन्दा बढी यस्तै दूरसञ्चार कम्पनीका वालेटहरु प्रयोगमा छन्। अहिलेसम्म नेपालमा दूरसञ्चार कम्पनीले बैंकिङ सेवा थालेका छैनन्। दूरसञ्चार सेवाप्रदायकले दिने यस्तो सेवाले युरोपको बैंकिङ क्षेत्रमा पनि ठूलो हलचल ल्याएको छ। हाल उपभोक्ताले अनलाइन र मोबाइल बैंकिङमा धेरै चासो देखाउन थालेका छन्।

टेलिकमकै मोबाइलबाट पेमेन्ट सुविधा सुरु भएमा नेपालमा पनि एकैपटक ठूलो समुदायसम्म मोबाइल बैंकिङ फैलिने अपेक्षा छ। पानी, बिजुली, टेलिफोनको बिल तिर्नेदेखि टिकटहरु काट्न, रकम ट्रान्सफर गर्न यो प्रविधि उपयोगी हुन्छ। टेलिकमको मोबाइलबाटै बैंकिङ सिस्टम अपरेट हुनसक्छ। माइक्रो इन्स्योरेन्स, लघुवित्त, सापटी लगायतका सुविधा पनि प्राप्त गर्न सकिन्छ। तर, टेलिकमले नेपालमा कस्ता-कस्ता सेवा दिन्छ भन्ने हेर्न बाँकी छ।