कर्णालीमा कोरोनाबाट थप एक जनाको मृत्यु



सुर्खेत। कर्णाली प्रदेशमा सोमबार थप ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ।

त्यस्तै १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। ९५ जनामा गरिएको आरटी–पीसिआर विधिबाट भएको कोरोना परीक्षणका क्रममा ३४ र ११० जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण देखिएको हो।

सोमबार कोरोना संक्रमण देखिनेमा सबैभन्दा बढी जुम्लाका २० जना रहेका छन्। यस्तै सुर्खेतमा १५, कालिकोटमा १, रुकुम पश्चिममा १, डोल्पामा १, दैलेखमा २ जना रहेका छन्। कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्ति पनि जुम्ला जिल्लाकै रहेको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६४ जना पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या घटेर ४४१ मा झरेको छ। सोमबार ४९ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन्।