यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान



काठमाडौँ। हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भू-भागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ।

साथै मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा सामान्य बदली र तराई भू-भागमा आंशिक बदली रहेको छ।

आइतबार देशको अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सोमबार र मंगलबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।