बर्दगोरिया ६ मा झोलुङ्गे पुलको शिलान्यास



बौनिया, कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका ६ सुगरखालमा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ।

बर्दगोरिया ६ र घोडाघोडी नगरपालिकाको वडा नम्बर ३ (काडानदी) जोड्ने पुलको शनिबार एक कार्यक्रमकाबीच यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य झपटबहादुर रावल, प्रदेश साङ्सद नन्दबहादुर साउद, गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारु र उपाध्यक्ष भगवती डगौरा थारुले संयुक्त रूपमा पुलको शिलान्यास गरेका हुन्।

पुल निर्माणका लागि फारवेस्ट कम्युनिटी डेभलपमेन्ट फोरम धनगढीसँग सम्झौता भएको छ भने करिब १ करोडको लागतमा १२० मिटर लामो झोलुङ्गे पुल यसै वर्षभित्र सम्पन्न गरिने लक्ष राखिएको छ। शिलान्यास कार्यक्रममा प्रतिनिधिसभा सदस्य झपटबहादुर रावलले यहाँका नागरिकको वर्षौदेखिको सास्ती र हैरानीको अन्त्यहुने बताए।

उनले पुल नहुदा यहाँका स्थानीय नागरिकले लामो समयदेखि जोखिम मोलेर यात्रा गर्नुपर्ने स्थितिलाई दृष्टिगत गरि पुल निर्माणको काम सुरु गरिएको बताए। उनले यसै वर्षभित्र पुल निर्माणकार्य सकिने र स्थानीयलाई आवातजावतमा सहज हुने विस्वास व्यक्त गरेका छन्।

उनले यसैवर्ष बर्दगोरियामा ३ वटा झोलुङ्गे पुल बन्ने बताए। पालिकाको वडा नम्बर ३ र २ जोड्ने कुइरा नदी, वडा नम्बर ३ र ४ जोड्ने काडा नदी र वडा नम्बर ६ र घोडाघोडी नगरपालिका वडा नम्बर ३ जोड्ने पुल बनाउने दावी गरे।

कार्यक्रममा प्रदेश साङ्सद नन्दबहादुर साउद, गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारु र उपाध्यक्ष भगवती देवि डगौरा थारु, वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारुले पुल नहुदा बर्सेनि यहाँका नागरिकले नदितर्दा अकालमा ज्यान गुमाउनु परेको अबस्थामा अब पुल निर्माणको कार्यले गति लिएपछि त्यो बाध्यताको अन्त्यहुने बताए। साथै उनीहरूले जनताको विकास र समृद्धिका लागि आफुहरु सधैसंगै भएको बताए।