ऊर्जामन्त्री भुसाल र फतिमा सुमारबीच भेटवार्ता



काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसिसी०की उपाध्यक्ष फतिमा सुमारले भेटेकी छन्।

शुक्रबार मन्त्रालयमा भएको भेटमा उनीहरूबीच दीगो आर्थिक विकास तथा एमसिसी परियोजना कार्यान्वयनका विषयमा छलफल भएको थियो।

उनीहरूबीच सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका लागि अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने ५० अर्ब रूपैयाँ सहयोगको कार्यान्वयनको विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।

उपाध्यक्ष सुमारले नेपालको गरिबी घटाउन तथा दीगो सामाजिक(आर्थिक विकासका लागि नेपालको आग्रहमा एमसिसी सम्झौता भएको उल्लेख गरेकी थिइन्। साथै उनले मन्त्री भुसाललाई त्यसको कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेकी थिइन्। मन्त्री भुसालले भने राजनीतिक सहमति र जनताको चाहना अनुसार निष्कर्षमा पुग्ने बताइन्।

उनले नेपालले द्विपक्षीय एवं बहुपक्षीय दातृ निकायबाट सहयोग लिएर नै विकास प्रक्रियालाई अगाडि बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि अमेरिकाबाट थप सहयोग हुने विश्वास व्यक्त गरेकी थिइन्।