नेपालद्वारा बंगलादेश २-१ गोलले पराजित



काठमाडौँ। नेपालद्वारा बंगलादेश २-१ गोलले पराजित भएको छ।

बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाली महिला टिमले २—० को अग्रता लिएको थियो। दशरथ रंगशालामा पहिलो पटक खेलिरहेको नेपालले २३ मिनेटभित्र नै दुई गोल गरेको हो। दुवै गोल पहिलो पटक राष्ट्रिय टिममा खेल्दै गरेका दुई खेलाडीले गरेका छन्।

खेलको १४औं मिनेटमा डेब्युटान्ट सबिता रानाले विमला चौधरीको पासमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। २३औं मिनेटमा अर्का डेब्युटान्ट प्रिती राईले सरु लिम्बुको पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेकी थिइन्। जवाफमा बंगलादेशको टोलीले १ गोल फर्काएको थियो।