काठमाडौँ। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्।
एमसीसी सम्झौता संसदबाट अनुमोदनका लागि सहयोग गर्न फतिमाले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीलाई आग्रह गरेको बुझिएको छ। बिहीबार नेपाल भ्रमणमा आएकी उनले पहिलो राजनीतिक भेट विपक्षी दलका नेता ओलीसँग गरेकी छन्।
एमाले अध्यक्ष ओलीले विगतमा सरकारको नेतृत्वमा रहँदा आफूले एमसीसी सम्झौता पारित गर्न प्रयास गरे पनि सभामुख र अन्य केही व्यक्तिको असहयोगका कारण सफल नभएको बताएका भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएका छन्। भट्टराईका अनुसार अहिले एमसीसी सम्झौताका विषयमा आफूहरुको भन्दा सत्तारुढ दलको भूमिका महत्वपूर्ण हुने ओलीले बताएका छन्।