प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान



काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेकी छन्।

साथै शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरेका छन् । अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ गते सकिएपछि शर्मा प्रधानसेनापति बनेका हुन्।

शर्मालाई राष्ट्रपति भण्डारीले ११ भदौमा प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् । पदावधि समाप्त हुनुभन्दा एक महिना अघि अर्थात साउन २५ गतेदेखि नै थापा घरविदामा बसेपछि जेष्ठताका आधारमा शर्माले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी पाएका थिए ।