अफगानिस्तानमा तालिबानको नयाँ सरकार घोषणा भएको छ।
अमेरिकी विदेश मन्त्रालयले मङ्गलवारको घोषणालाई अध्ययन गरिरहेको बताएको छ।
संयुक्त राष्ट्रसङ्घको कालोसूचीमा रहेका मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन् भने अमेरिकी एफबीआईको सूचीमा भएका हक्कानी सञ्जालका प्रमुख सराजुद्दिन हक्कानी आन्तरिक मामिलामन्त्री हुनेछन्।
तालिबानले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरेको हो।