बौनिया (कैलाली)। नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले कैलालीको बर्दगोरिया गाउँपालिकामा संगठन विस्तार गरेको छ। पालिकाका ६ वटै वडाहरुमा वडा भेलाको आयोजना गरि संगठन विस्तारको काम पूरा गरिएको हो।
पालिकाभित्रका सवै वडाहरुमा पार्टीको सिद्धान्त र एजेन्डालाई मजवुत र प्रभावकारी ढंगबाट अगाडि बढाउन संठन विस्तार गरिएको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कि बर्दगोरिया गाउँपालिका संयोजक भगवती डगौरा (थारू) ले जानकारी दिनुभयो ।
उहाँकाअनुसार वडा नम्बर १ मा सुन्दरपति कठरीयाको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरिएको छ ,जसको सचीवमा पवित्रा ताम्राकार रहनुभएको छ । यसैगरी वडा नम्बर २ मा अन्जली चौधरीको अध्यक्षतामा सचीव दुर्गा नेपाली रहनेगरी ४० सदस्यीय समिति गठन गरिएको छ ।
अनेम संघ क्रान्तिकारी बर्दगोरिया संयोजक डगौराका अनुसार वडा नम्बर ३ मा उर्मिला साउदको अध्यक्ष र सचीव गीता चौधरी रहनेगरी १९ सदस्यीय ,वडा नम्बर ४ मा जानकी मल्ल अध्यक्ष र मनिता चौधरी सचीवसहित २५ सदस्यीय ,वडा नम्बर ५ मा उर्मिला चौधरी अध्यक्ष ,सचीवमा गङ्गा चौधरीसहित १४ सदस्यीय र वडा नम्बर ६ मा प्रेमा सत्गौवा अध्यक्ष र सचीवमा कमला कठरिया सहित ४१ सदस्यीय समिति गठन गरिएको छ ।
गाउँगाउँमा पार्टीको आन्तरिक गतिविधि ,कार्यकर्तालाई सक्रिय सदस्यतर्फ उन्मुख बनाउन, संगठन र पार्टीलाई बलियो पार्न तथा स्थानीय सरकारका गतिविधि र कार्यहरूलाई सवैले थाहा पाउने गरि कामगर्ने उदेश्यका साथ संघले संगठन विस्तारमा जोड दिएको डगौराले बताउनुभयो ।