मिलिजुली टिकटक परिवारले मनायो प्रथम वार्षिकोत्सव



काठमाडौँ। सामाजिक सञ्जाल टिकटकमार्फत स्थापना भएको मिलिजुली टिकटक परिवारले आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ।

सामाजिक कार्यमा हातेमालो गर्दै अगाडि बढेको एक वर्ष पूरा भएको अवसमा परिवारले एक कार्यक्रमको आयोजना गरि काठमाडौँको कमलादिमा तीज विषेश कार्यक्रमसमेत सप्पन्न गरेकोछ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा काठमाडौं लेडिज जेसिसका अध्यक्ष रिंकु बज्राचार्य, मिलिजुली परिवारका संरक्षक रारा सैंजु, परिवारका अध्यक्ष राजन कँडेल, सल्लाहकार अमृता भट्टराई लगाएतको उपस्थिति रहेको थियो। कोभिड माहामारिबाट देश गुजिएको अवस्थामा कुनै पनि नागरिकले रगत अभावमा ज्यान गुमाउन नपरोस् भन्दै २०७७ भदौ २३ गते गंगबुको स्काई पार्टी प्यालेसमा रक्तदान कार्यक्रमबाट आफ्नो पहिलो पाइला अगाडि बढाएको थियो।

मिलिजुली टिकटक परिवार र गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानको सहकार्यमा एक वर्षमा ३ दर्जनभन्दा बढि सामाजिक कार्य गरेको संरक्षक रारा सैंजुको भनाई छ। परिवारदेखि टाढा हुँदै वृद्धाआश्रमामा आश्रति रहेका बुबा आमाहरूलाइ खाद्यान्न सामाग्री साथै लत्ताकपडा वितरण, त्यस्तै विपन्न परिवारका बालबालिकाहरूलाई शिक्षाको उज्यालो घामबाट बञ्चित नहुन भनी विद्यालयसम्म पुग्ने वातावरण बनाउँदै आएको छ।

लकडाउनको समयमा रोजगारी गुमाएर भोकै बस्नुपर्ने अवस्थामा रहेका व्याक्तिहरूलाई खाद्यान्न सामाग्री वितरण, बाटो हिड्ने बटुवाहरूलाइ खाना वितरण गर्नुकासाथै विभिन्न दुर्घटनामा परि तथा रोग लागि अस्पतालमा उपचार अभावमा छट्पटी रहेका बिरामीहरूलाइ समेत मिलिजुली टिकटक परिवार र गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानले उपचारमा सहयोग गर्दै आएको छ।

‘मानव सेवा नै मुल धर्म हो’ भन्ने मुल मन्त्र लिएर अगाडि बढेको गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानको सहकार्यमा कामगर्दै आएको मिलिजुली टिकटक परिवारले हालसम्म झन्डै २० लाख बराबरको सहयोग हस्तान्तरण गरिसकेको छ। साथै आगामी दिनमा दुरदराजमा रहेका विपन्न परिवारमा जन्मिएका र विद्यालय जान नपाएका बालबालिकालाई विद्यालयसम्म पुयाइ शिक्षाको उज्ज्यालो घामबाट बञ्चित हुन नदिन सहयोग गर्दै जाने लक्ष्य रहेको छ।