सुदूरपश्चिममा एमालेका दुई मन्त्रीले दिए राजीनामा



कैलाली। सुदूरपश्चिम प्रदेशमा एमालेका दुई मन्त्रीले राजीनामा दिएका छन्।

मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन्।

शाह भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेबाट नेतृत्व गर्दै सरकारमा गएका थिए। पहिला आन्तरिक मामिलामन्त्री बनेका शाहले गएको जेठमा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हाल्न पुगेका थिए। राज्यमन्त्री गहतराज गत जेठमा मात्रै नियुक्त भएकी थिइन्।