पपुवा न्यूगिनीमाथि नेपाल २ विकेटले विजयी



काठमाडौँ। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यूगिनीमाथि २ विकेटको जित हात पारेको छ।

मंगलबार ओमानमा पपुवा न्यूगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९‍.३ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेटाएकाे थियो। रोहितकुमार पौडेल र सोमपाल कामीको अर्धशतकीय साझेदारीसँगै न्यूगिनीमाथि २ विकेटको जित हात पारेको हो।

रोहित रन टाइ भएको अवस्थामा ४१ रन बनाएर आउट भएका थिए भने सोमपाल २२ रनमा अविजित रहे। यसअघि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो ।