कर्णाली प्रदेशमा एकीकृत समाजवादी रोज्नेको संख्यामा वृद्धि



सुर्खेत। कर्णाली प्रदेशमा नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सहभागि हुने संख्यामा केही वृद्धि भएको छ।

सुर्खेत

जिल्ला निर्वाचन कार्यालय सुर्खेतका अनुसार १५ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन्।

दैलेख

जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार ११ स्थानीय तह रहेको दैलेखमा ६३ जना जनप्रतिनिधिले समाजवादीमा सनाखत गरेका छन्।

कालिकोट

जिल्ला निर्वाचन कार्यालय कालिकोटका निमित्त जिल्ला निर्वाचन अधिकृत धनबहादुर मल्लका अनुसार ६५ जना जनप्रतिनिधिहरुले एकीकृत समाजवादीमा सनाखत गरेका छन्।

हुम्ला

हुम्ला निर्वाचन कार्यालयका अनुसार यो जिल्लाका ४ जना वडा सदस्य र १ जना जिल्ला समन्वय समिति सदस्य गरी ५ जनाले एकीकृत समाजवादी रोजेका छन्।

मुगु

मुगु जिल्ला निर्वाचन कार्यालय प्रमुख धनबहादुर बडुवालले दिएको जानकारी अनुसार यो जिल्लामा २५ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन्। जसमा एक जना उपाध्यक्ष, पाँच जना वडाअध्यक्ष, १९ जना सदस्य रहेका छन्।

जुम्ला

जुम्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माका अनुसार मंगलबार दिउँसोसम्म एकीकृत समाजवादीमा सनाखत गर्ने जनप्रतिनिधिको संख्या ४१ जना पुगेको छ।

सल्यान

सल्यान निर्वाचन कार्यालयका अनुसार ५३ जना सदस्यहरु लगायत ७५ जनाले अहिलेसम्म एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।