एमाले २०७५ जेठ २ मा फर्किन सक्दैन: अध्यक्ष ओली



काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वनमा नआउने स्पष्ट पारेका छन्।

कास्कीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीलेल २०७५ साल जेठ २ गतेका रुपमा नफर्किने पनि उद्घोष गरेका हुन्।

‘हामीले १० बुँदे सहमति समस्या समाधान गर्न गरेका हौँ, समस्या बढाउन होइन। जसो गर्दा समस्या समाधान हुन्छ, त्यही गर्नुस् न, कुरो यो हो’,पोखरामा मंगलबार कार्यकर्तालाई सम्बोध गर्दै उनले भने, ुपार्टी जेठ २ गते जस्ताको तस्तै कसरी फर्कन्छरु जस्ताको तस्तै त फर्कदै फर्कँदैन। जेठ २ गते भनेको के कुरा हो भने, नेकपा एमाले र माओवादी दर्ता बदर भएकाले अलग अलग भए। तर एमाले र माओवादी सर्लक्क अलग भएको होइन, एकता कायमै छ, त्यसकै निरन्तरता हो।’

उनले माओवादी र एमालेको एकीकरणको निरन्तरता नै अहिलेको पार्टी भएको पनि बताए। एकीकरणपछि पार्टीको नाम अहिले एमाले भएको जिकिर उनले गरे। पुष्पकमल दाहाल प्रचण्ड गुट अलग भएर गए पनि माओवादीबाट आएका थुप्रै मान्छे एमालेमै रहेकाले एकता कायमै रहेको उनको भनाई थियो। उनले कतिपय ठाउँमा विनासित्ति जेठ २ को कुरा उठाइएको बताउँदै त्यो भनेको श्राद्धमा बिरालो बाँधेजस्तो नभएको पनि जिकिर गरे।

‘श्राद्धमा बिरालो बाँध्ने भन्ने छ नि, यो त्यस्तो होइन, यो पार्टीलाई गतिशील बनाउन गरिएको हो, कसैसँग पार्टीको सम्झौता होइन’,उनले भने,‘हामीले माधव नेपाललाई पार्टीमै राख्न, क्षति रोक्न कार्यदल बनाएका थियौँ। माधव नेपालले अस्वीकार गरे, भ्रममा परेका साथीहरुलाई पनि ल्याउँदै सँगै अघि बढ्न हामीले १० बुँदे स्वीकारेका छौँ। यसलाई हाउगुजीका रुपमा नबुझ्नुस्।’