काठमाडौँ। नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय अध्यक्ष ऐन महरको नेतृत्वमा नेकपा एकीकृत समाजवादीका विद्यार्थीमाथि भौतिक आक्रमण भएको छ।
मंगलबार काठमाडौँको केसीसी क्याम्पसमा ऐन महरसहितको टोलीले एकिकृत समाजवादीका विद्यार्थी नेतामाथि आक्रमण भएको संगठनकी महासचिव आरती लामाले जानकारी दिएकी छन्। सामाजिक सञ्जाल फेशबुकमार्फत लामाले उक्त घटनाप्रती आपत्ति जनाएउँदै ऐन महरको प्रत्यक्ष आक्रमणमा आफ्ना विद्यार्थी नेताहरु घाइते भएको उल्लेख गरेकी छन्।
आक्रमणमा एकिकृत समाजवादीका विद्यार्थी नेता दिपेन्द्र बोहरा गम्भिर घाईते भएका छन्। त्यस्तै राजन विष्ट र मनोज चन्द सामान्य घाईते भएको महासचिव लामाको भनाई छ।
केसीसी क्याम्पसमा एमाले निकट अनेरास्ववियु केन्द्रीय कमिटीले विद्यार्थी भेलामा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष महरले मन्तव्य राखिरहेको बेला होहल्ला गरेको र कार्यक्रम बिथोल्न खोजेको भन्दै त्यसको प्रतिकार गरिएको महर पक्षको भनाई छ।