काठमाडौँ। काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे तथ्यमा रहेर हुने बहसको पक्षमा रहेको बताएको छ।
सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नकारात्मक टिप्पणी नगर्न सचेत गराइरहेका बेला अमेरिकी दूतावासले भने आफू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको र एमसीसीबारे पनि तथ्यमा आधारित भएर हुने बहसलाई स्वागत गर्ने बताएको छ।
दूताबासले सोमबार साँझ ट्वीट गर्दै भनेको छ, ‘लोकतन्त्रमा आफ्नो विचार शान्तिपूर्ण ढंगले व्यक्त गर्ने अधिकार हुन्छ। अमेरिका दशकौदेखि नेपाल र यहाँको जनताको दिर्घकालिन हित चाहाँदै आएको छ।’
We are a strong supporter of free speech & public discourse based in fact, including on MCC. The right to peacefully express one’s views is intrinsic to democracy. The US has been a partner of Nepal and its people for decades & will always support its long-term prosperity.
— U.S. Embassy Nepal (@USEmbassyNepal) September 6, 2021