सर्लाहीमा गृहमन्त्री र मोदीको पुत्ला दहन



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अनेरास्ववियू र युवा संघ नेपालले गृहमन्त्रालयद्वारा जारी विज्ञप्ति जलाएको छ।

अनेरास्ववियूकी महासचिव आरती लामाका अनुसार सोमबार साँझ सर्लाहीमा जयसिंह धामीको न्यायका पक्षमा उक्त संगठनहरुले चर्को नाराबाजि गर्दै गृहमन्त्री र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको हो।

बिरोध प्रदर्शनमा गृहमन्त्री कहाँ छौ? कार्बाही भोग्न हामी तयार छौं, जयसिह धामीलाई न्याय दे, भारतीय हस्तक्षेप बन्द गर जस्ता नारा लागेका थिए।