बौनिया। कैलालीको बर्दगोरिया गाउँपालिकामा राष्ट्रिय परिचय पत्रका लागि नागरिक उत्साह पाइएको छ।
सरकारले राष्ट्रिय परिचयपत्रका लागि हरेक स्थानीय तहबाटै फारम संकलनको कार्य अगाडि बढाएपछि पालिकामा नागरिक उत्साह देखिएको हो।
परिचयपत्रका लागि नेपाली नागरिकता प्राप्त गरेको व्यक्ति हुनुपर्छ। नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश हुने भएकाले पनि राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचयपत्रका लागि नागरिक उत्साह देखिएको हो।
बर्दगोरियामा साउन तेस्रो सातादेखि भदौ २१ गतेसम्म १४ हजार ११७ जना नागरिकले परिचयपत्रका लागि फारम भरेका छ्न्। जुन वडा नम्बर ६ बाहेक अन्य वडाका हुन्। राष्ट्रिय परिचय पत्रका लागि वडा नम्बर १ मा ३ हजार ८ जना, वडा नम्बर २ मा ३ हजार ३ सय ७३, वडा नम्बर ३ मा १ हजार ९ सय ३०, वडा नम्बर ४ मा २ हजार ६ सय ६७ र वडा नम्बर ५ मा ३ हजार १ सय ६ गरि जम्मा १४ हजार ११७ जनाले फारम भरेको सम्बन्धित वडा कार्यालयले जानकारी दिएका छ्न्।
उता वडा नम्बर ६ को विवरण भने आउन बाकी छ, प्राविधिक कारणबस मंगलबार मात्रै वडा नम्बर ६ को विवरण आउने वडा अध्यक्ष रामकृष्ण चौधरीले जानकारी दिए। राष्ट्रिय परिचय पत्रकालागि नागरिकको चाप उच्च देखिएपछि शनिबार समेत सेवा संचालन गरिएको वडा नम्बर १ का वडा अध्यक्ष जयरुप खतिवडाले बताए। उनले नागरिकलाई सहज रूपमा सेवा दिनका लागि बृद्धअवस्थाका नागरिक, सुत्केरी महिला तथा अपाङ्ग व्यक्तिहरुलाई छुट्टै कक्षबाट सहज सेवा प्रदान गरिएको बताए। यसैगरी उनले सेवाग्राहीलाई आवश्यक खानेपानीको व्यवस्थापन समेत गरिएको बताए।
उता वडा नम्बर २ का वडाअध्यक्ष भेखु चौधरीले नागरिकको सेवासुबिधाका लागि शनिबार समेत नभनी आफू र कर्मचारी खटिएको बताए। उनले फारम संकल्नका लागि जिल्लाबाट खटिएका कर्मचारीलाई आवश्यक सवै व्यवस्थापन वडाबाटै गरिएको बताए।
यसैगरी वडा नम्बर ५ कि वडा अध्यक्ष श्याम कुमारी थारुले आवश्यक जनशक्ति परीचालान गरि कार्य सकिएको बताईन। उनले पालिकाकै वडाहरुमा सवैभन्दा पहिला आफुले कामसकेको बताईन।
फारम भरेकाहरुले अब नेपाली नागरिकको वैयिक्तक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्यांक तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने र सो तथ्यांकको आधारमा राष्ट्रिय परिचय नम्बर सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र पाउने छ्न्।