‘चिठ्ठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गरौँ’



काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय सहमति कायम गरेर अमेरिकासँग चिठ्ठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गर्नुपर्ने उनको तर्क रहेको छ। एमसीसीको विषय राष्ट्रिय बहस बनिरहेको बेला भट्टराईको यस्तो भनाइ आएको हो।

उनले लेखेका छन्, यसमा राष्ट्रिय सहमति गरौँ १.उच्चस्तरीय राजनीतिक कूटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौँ। २. चीनसँगका पारवहनलगायत सम्झौता कार्यान्वयन गरौँ। ३.अमेरिकासँग चिठी आदानप्रदान सहित कार्यान्वयन गरौँ! युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौँ ।