‘माधव नेपाल जस्तो लाज पचेको मान्छे दुनियाँमा देखेको छैन’



काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको दाबी गरेका छन्। राजधानीमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकारलाई सीमा विवाद कहाँ छ भनेर देखाउन चुनौती समेत दिएका हुन्।

उनले पटक पटक चीनसँग कुनै सीमा विवाद नभएको दोहोर्‍याउँदै भने, ‘कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद छ भनेर समिति बनाउन पर्‍यो रे? कसलाई खुसी पार्न ? यो सरकारलाई चुनौती दिन चाहन्छु यो समितिले कुनै ठाउँ सीमा विवाद देखाओस्।’ उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको पनि आरोप लगाए।

त्यस्तै, यो सरकारले कुनै रचनात्मक काम नगरेको र सबै कुरा बिगार्दै लगेको पनि आरोप लगाए। ‘रानी पोखरीमा ढुङ्गा हान्न सक्छन्, तपाईंहरु याद गर्नु होला। मूर्ति भत्काउन सक्छन्। यिनीहरूले रचनात्मक काम गर्दैनन् बिगार्दै मात्र गएका छन्।’