जुम्लामा ६१ जना सदस्य मध्ये ५८ जनामा एकीकृत समाजवादीमा



जुम्ला। नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी दर्ता गरेकाे माधव नेपाल पक्ष जुम्लामा शक्तिशाली रूपमा देखा परेको छ।

जुम्लाका ६१ जना जिल्ला सदस्यमध्ये अध्यक्षसहित ५८ जना नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) मा लागेका छन्। शनिबार पत्रकार सम्मेलन गरेर उनीहरूले एकीकृत समाजवादीमा लागेको जानकारी गराएका हुन्।

यसरी एसमा लाग्ग्नेमा एमालेका जुम्ला अध्यक्ष तीर्थ बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्रीसहितका ५८ जना जिल्ला सदस्यहरू छन्।

पत्रकार सम्मेलनमा कर्णाली प्रदेशसभा सांसद पदमबहादुर रोकायाले एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र माधव नेपाललाई गरिएको तिरस्कारले आफूहरू एकीकृत समाजवादीमा लाग्न बाध्य भएको बताएका छन्।

एमाले जुम्लाका उपाध्यक्ष नन्दराम रोकायाको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलनमा सहभागीले आफूहरू एमाले छाडेर एकीकृत समाजवादीमा लागेको घोषणा गरिएको छ।

‘अध्यक्ष तीर्थबहादुर बुढा उपचारको क्रममा काठमाडौँ हुनुहुन्छ, एकीकृत समाजवादीमा उहाँको पूर्ण समर्थन रहेको छ,’ पत्रकार सम्मेलनमा उपाध्यक्ष रोकायाले भने।