जसपा केन्द्रीय सदस्य श्रीपाईलीद्वारा राजीनामा



काठमाडौँ। जनता समाजवादी पाटी (जसपा) नेपालका केन्द्रीय सदस्य तिलक श्रीपाईलीले पदबाट राजीनामा दिएका छन्।

शुक्रबार पाटीका अध्यक्षलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। २०५० सालमा नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुबाट राजनीति यात्रामा जोडिएका श्रीपाईली विगत छ वर्षदेखि जसपा नेपालको विभिन्न पदमा रहेर काम गर्दै आएका थिए।

उप्रान्त पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने जानकारी दिदै आजकै मितिदेखि पार्टीको कुनै पदमा नरहेको राजीनामा पत्रमा उल्लेख गरेका छन्। पार्टीको विचार, सिद्धान्त र उद्देष्यप्रति आर्कषित भएर जसपामा लागेको उनको भनाई छ।

तर, पछिल्नो समय पार्टीमा सिद्धान्तभन्दा पनि व्यक्तिगत, गुटगत, स्वार्थगत ह्वावी हुन थालेपछि आफूले नैतिकताको हिसाबले राजीनामा दिएको बताएका छन्।

ईमानदारी, लगनशिल र अनुशासित नेता कार्यकर्ताहरुको मुल्याङकन नगरी नेतृत्वले पहुँचका भरमा गरेको कार्यशैली आफूलाई चित्त नबुझेको उनको भनाई छ। पार्टीमा दलित, जनजाती, मधेसी, महिला, पीछडीएका वर्गहरुको उचित सम्मान नहुँदा आफूहरु निराशा भएको पनि राजीनामा पत्रमा उल्लेख गरिएको छ।