काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँड र नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डबीच समसामयिक विषयका बारेमा भेटवार्ता भएको छ।
प्रकाण्डले सामाजिक सञ्जाल फेशबुकमार्फत गृहमन्त्री खाँडसँग भेटवार्ता भएको जानकारी दिएका छन्। उनले गृहमन्त्रीसँगको भेटघाटमा अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका बारेमा छलफल भएको बताए।
उनले लेखेका छन्, ‘ नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खॉडसंग तीन बुँदे बुँदे सहमतिको कार्यान्वयन, नेकपाका वन्दी नेता÷कार्यकर्ताको रिहाई, दार्चुला तुईन घटना, र देशको राजनीतिक परिस्थितिबारे भेटवार्ता।’