काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको विभिन्न तहमा जागिरको अवसर खुलेको छ।
लिखित तथा मौखिक अन्तवार्ताको माध्यमबाट कर्मचारी छनौट हुनेछन्। प्राधिकरणले शुक्रबार ३३९ जना कर्मचारी माग गर्दै सूचना प्रकाशन गरेको छ। सामान्य मिस्त्रीदेखि अधिकृत र सहनिर्देशकसम्ममा प्रतिस्पर्धा गर्न पाईनेछ।
इच्छुक उम्मेद्वार असोज ७ गतेसम्म र दोब्बर शुल्क तिरेर १४ गतेसम्म आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ।