काठमाडौँ। नेपालले आज (बिहीबार) भारतसँग घरेलु मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। ८ वर्षयता भारतविरुद्ध जित हात पार्न नसकेको नेपाल यस पटक घरेलु मैदानमा जित्ने लक्ष्यका साथ खेल्दैछ।
तर नेपालमा एक महत्वपूर्ण सदस्य भने भारतविरुद्धको टिममा हुने छैनन्। क्लब ड्युटीका कारण हाल इन्डोनेसियामा रहेका रोहित चन्दले भारतविरुद्धको खेलमा उपस्थत हुन नसकेकोमा दुस्खी भएको बताएका छन्।
उनले बिहीबार सामाजिक सञ्जालमा नेपाली टिमलाई शुभकामना सन्देश दिँदै आफू खेल्न नपाएकोमा दुस्ख व्यक्त गरेका हुन् । रोहित इन्डोनेसियाली लिगमा पर्सिजा जाकार्ताबाट खेल्छन् ।
‘भारतविरुद्धको खेलका लागि चाहेर पनि उपस्थित हुन नसकेकोमा एकदमै दुस्खी छु । भौतिकरूपमा जाकार्तामा रहे पनि मेरो मन(मष्तिस्क दशरथ रंगशालामा नै हुनेछ,’ रोहितले लेखेका छन्, ‘इन्डोनेसिया आएपछि ८ दिन अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नियमका कारण प्राविधिक रुपमा नेपाल आउन सम्भव नभएको सबैलाई जानकारी गराउन चाहान्छु । यो विषयमा यसअघि नै एन्फालाई जानकारी गराइसकेको छु ।’
उनले नेपाल आउने जाने गरेमा दुई हप्ता भन्दा बढी समय घाटा लाग्ने भएकोले पनि यस पटक भारतविरुद्ध खेल्न सम्भवन नभएको जनाएका छन् । ‘नेपाल आएको अवस्थामा मेरो १६ दिन त्यसै ‘लस’ हुने अवस्थामा यो समयमा आफूलाई तयारी राख्दै प्रतिस्पर्धामा निखाँरिने मेरो योजना हो। किनभने आगामी महिना हुने साफ च्याम्पियनसिपका लागि तयारी महत्वपूर्ण छ। अन्त्यमा नेपाली टिम फेरि पनि शुभकामना। धन्यवाद,’ उनले लेखेका छन् ।
भारतविरुद्धको खेलले आगामी अक्टोबरमा माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि फाइदा पुग्ने समेत रोहितले लेखेका छन् । ‘भारतविरुद्ध आज हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमलाई अग्रिम शुभकामना। कोभिड(१९ महामारीकाबीच घरेलु मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनु नेपाल टिम र नेपाली समर्थकका लागि सुखद पक्ष हो। भारतविरुद्धको खेलले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि नेपाललाई फाइदा पुग्ने विश्वास छ,’ उनले भने।
नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ। पहिलो खेल आज र दोस्रो खेल आइतबार हुनेछ। साफ अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा हुनेछ ।
रोहितले गत नोभेम्बरमा चोटका कारण बंगलादेश विरुद्धको दुई मैत्रीपूर्ण खेल गुमाएका थिए। त्यसयता नेपालले खेलेको ७ वटै खेलमा रोहितले खेलेका छन्। गत मार्चमा नेपालमै भएको बंगलादेश र कीर्गिस्तान यू(२३ टिम सम्मिलित थ्री नेशन्स कपको उपाधि नेपालले जित्दा रोहित उत्कृष्ट खेलाडी घोषित भएका थिए।