एकीकृत समाजवादी निकट सुनसरी-काठमाडौँ सम्पर्कमञ्च गठन



 

काठमाडौँ। सुनसरी-काठमाडौँ सम्पर्कमञ्च नेकपा (एकीकृत समाजवादी) पार्टीको जनवर्गीय संगठनका रूपमा परिणत भएको छ।

सुनसरी घर भई हाल काठमाडौँमा पेशा, व्यावसाय, अध्ययन र अध्यापन गर्ने तथा समाजवादी विचारधाराप्रति आस्था राख्ने समर्थकहरूको बुधबार काठमाडौँको नयाँ बानेश्वरमा वृहत भेलाको आयोजना गरेर उक्त संगठन निर्माण गरिएको हो।

नेकपा (एकीकृत समाजवादी) कि केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। उक्त भेलाले सुनसरी बराहक्षेत्र निबासी रमेश आचार्यलाई सर्वसम्मत रूपमा अध्यक्ष चुनिएको थियो।

त्यस्तै उपाध्यक्षमा दुहबि नगरपालिका कि निस्ता गिरी, सचिवमा दुहबि नगरपालिकाकै आसीस थपलिया, सहसचिवमा रामधुनी नगरपालिकाका कमलमान श्रेष्ठ र कोषाध्यक्षमा बराहक्षेत्र ७ का शेषराज आचार्यलाई चयन गरिएको छ।

हाललाई २५ सदस्यीय आयोजक कमिटी निर्माण गरिएको र असोज महीनाभित्र अझ बृहत् भेला गरी कमिटी विस्तार गरिने मञ्चका नवनिर्वाचित अध्यक्ष रमेश आचार्यले जानकारी दिएका छन्।