‘मार्क्सवादका आधारभूत विषयले समाज रुपान्तरणमा योग्दान दिन्छ’



कालिकोट। नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द बास्तोलाले मार्क्सवादका आधारभूत विषयको ज्ञानले समाज रूपान्तरणको लागि योगदान पुर्याउने दाबी गरेका छन्।

बुधबार नेपाल कम्युनिस्ट पार्टी कालिकोटले आयाेजना गरेकाे एक दिने आधारभूत राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कन्चनले’ मार्क्सवादका आधारभूत विषयको ज्ञानले समाज रूपान्तरणको लागि योगदान पुर्याउने दाबी गरेका छन्।

नेता बास्तोलाले विचारधारात्मक काम निकै पछाडि परेको बेला यस प्रकारको प्रशिक्षणको महत्वपूर्ण भूमिका रहने पनि बताए। उक्त आधारभूत राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रममा राजनैतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, दर्शनशास्त्र, सैन्य विज्ञान, एकीकृत जनक्रान्तिको कार्यदिशा र विज्ञान प्रविधिलगायत समकालीन राजनीतिक परिस्थितिको बारेमा नेता बास्तोलाले प्रशिक्षण दिए।

नेकपा कालिकोटको आयोजनामा सञ्चालन भएको प्रशिक्षण कार्यक्रमको जिल्ला सेक्रेटरी रणदिपको अध्यता रहेको थियोे भने प्रमुख अतिथि नेकपा केन्द्रीय सचिवालय सदस्य कन्चन रहनु भएको थिए। विषेश अतिथि नेकपा केन्द्रीय सदस्य एटम बिसि रहेका थिए।

प्रशिक्षण कार्यक्रममा जिल्ला इन्चार्ज बिराट, युवा स्वयंसेवक कमान्डर भुकम्प र जिल्ला पार्टी सल्लाहकार समिति संयोजक समग्रको आतिथ्यता रहेको थियो। प्रशिक्षण कार्यक्रमको सञ्चालन नरहरिनाथ गाउँ कमिटी इन्चार्ज शाहसीले गरेका थिए। प्रशिक्षण कार्यक्रममा दुई सय बढि अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको थियोे।