नरहरिनाथ गापामा एकीकृत समाजवादीको प्रशिक्षण सम्पन्न



कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकामा गाउँपालिकामा नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) प्रदेश कमिटी सदस्य धीरबहादुर बिष्टको प्रमुख आतिथ्यतामा भेला तथा प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ।

उक्त कार्यक्रमको सभाध्यक्षता जिल्ला पार्टी सचिवालय सदस्य दान बहादुर सहकारीले गर्नुभएको थियो नेपाल कम्यूनिष्ट पार्टी ९एकिकृत समाजवादी० जिल्ला कमिटी सदस्य वीरेन्द्र बहादुर बुढा विशेष अतिथीमा रहनुभएको थियो।

कार्यक्रममा गाउँपार्टी कमिटीको अधिकांश बहुमत भन्दा बढी नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) पक्षका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको बताइएको छ।

प्रदेश कमिटी सदस्य धीर बहादुर विष्टले कार्यक्रमलाई सम्बोेधन गर्दै असंवैधानिक संसद विघटन खेतजनक रहेको बताए। सोही कारणले यहिले यो अवस्था सृजना गर्न बाध्य भएको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता वीरेन्द्रबहादुर बुढाले भन्नुभयो ‘केपी शर्मा ओलीले गरेको असंवैधानिक कदमले देशमा अस्थिरता निम्त्याएको हो।’ साथै, नेपाली जनताले दिएको जनमतसमेतको अवज्ञा गरेको आरोप लगाए।

कार्यक्रममा २ सय जनाभन्दा बढि पार्टी कार्यकर्ताहरुको उपस्थिती रहेको थियो। प्रशिक्षण कार्यक्रम सकिए लगत्तै गाउँपालिकाको डाडाँमाडूमा पार्टी कार्यालय उद्घाटनसमेत गरिएको छ।

प्रशिक्षण कार्यक्रममा नेता वीरेन्द्रबहादुर बुढा, गोरख बटाला, रत्न सहकारी, हर्क बहादुर बुढा, गजेन्द्र बहादुर बुढा, केशव थापा, रामजी बोगटीलगाएत अन्य नेतागणहरुको उपस्थिति रहेको थियो।