फेक भिडियो बनाएर राजनीति अभिष्ट पूरा गर्न खोजियो: मन्त्री शाही



सुर्खेत। कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले आफूमाथि सुनियोजित ढंगले प्रचारप्रसार गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।

बलात्कारको आरोप खेपिरहेका मन्त्री शाहीले भाइरल बनाइएको भिडियो फेक र इडिट गरेर आफूविरुद्ध प्रयोग गरिएको दाबी गरेका छन्। मंगलबार राती सामाजिक सञ्जाल फेशबुकमार्फत मन्त्री शाहीले आफूमाथि गम्भीर षडयन्त्र भएको र भ्रमका पछि नलाग्नसमेत आग्रह गरेका छन्।

मन्त्री शाहीले पीडित भनिएकाहरुले आफूविरुद्ध कुनै कुरा नबोलेको तर केही व्यक्तिहरुले राजनीतिक अभिष्ट पूरा गर्नका लागि आफूमाथि गम्भीर खेल खेलेको स्पष्ट पारेका छन्। सोमबार पीडित भनिएकी महिला र उनका श्रीमानले पत्रकार सम्मेलन गरेर आफूलाई बाँच्ने वातावरण मिलाई दिन अनुरोध गरेका थिए। साथै उनीहरुले मन्त्री शाहीले आफूमाथि कुनै प्रकारको हिँसा नगरेको समेत बताएका थिए।

यस विषयमा मन्त्री शाहीले लेखेका छन्, ‘म आज फेरि राजनीति चर्चाको शिखरमा पुगेछु। बिगत पाँच महिनादेखि पटकपटक सामाजिक सञ्जालमा भाइरल भएको यदी कोही व्यक्ति थियो भने मनै थिए। तर, मैले सामाजिक सन्जालमा आफूलाई रङ्गाउने प्रयास कहिल्यै गरिन। सबैले रङ्गाएका फोटो हेर्नमा नै आफूलाई आफै आात्मा सन्तुष्टिको एक किनारामा राख्थे।

सहि के हो ? गलत केहो ? आफै मुल्याङ्कन गर्थे। अरूलाइ सेयर पनि गरिन। राम्रो आउँदा हौसिने, न राम्रो आउँदा अत्तलिने मेरो मनमा कहिल्यै आयन। किनभने पुर्खादेख राजनीति संस्कार बोक्दै आएको घर परिबारको सदस्य हुँ। गल्लीबाट टिपेर कसैले सिरमाला पहिराइ दिएका होइनन्।

विद्यार्थी राजनीती, पत्रकारिता र पार्टीको राजनीति गर्दै एउटा सङ्घर्षमय जीवन व्यथित गर्दै यहाँसम्म आईपुगेको एउटा यात्री हुँ। बालापनदेखि मेरो अहिलेको उमेरस्म्म आइपुग्दा कसैसङ्ग झुकेर, मागेर ढोकेर आफ्नो मान प्रतिष्ठा कमाउन लागिन। सङ्घर्षकै जीवन चक्रबाट यहाँसम्म पुगेको छु।

२०४७ सालदेखि २०७८ सालसम्म मेरो नियात्राको जीवनमा थुप्रै उकाली (ओरालि, आरोह अबरोह पारगर्दै आयको छु। ४६ सालको जन आन्दोलन, ५९ सालको प्रतिगमनविरुद्दको आन्दोलन र ६२, ६३ सालको जनक्रान्तिमा आफूलाई शस्ख्त ढङ्गले उभ्याएको थिए। तात्कालिन नेकपा (एमाले) को १० वर्ष कार्यलय सचिव हुँदै उप-सचिव भएर काम गरे।

तीन पटक पार्टीको सचिव र अध्यक्ष भएर जिल्लामा कम्युनिष्ट आन्दोलनको नेतृत्वो प्रदान गरे। पार्टीको नेतृत्वो लिदा जिल्लाका जनताको मन मष्तिस्कमा भिज्न सफल भएरनै आज एउटा सफलताको सिखरमा पुगेको हुँ। ३० वर्षको सङ्घर्ष र बलिदानले यहाँ पुगेको छु। कसैको कृपापात्र होइन म। म जहिले पनि गलत सस्कार, प्रवृत्ति, अहंकार, घमण्ड, दम्भ र निरङकुसताका विरुद्दमा सङ्घर्स गर्दै आएको एक अभियन्ता हुँ। यसैको फलस्वरुप मैले फलवर क्रस गरेको हुँ।

नकि धन दौलतको र पद प्रतिष्ठाको प्रलोभनमा परेर होइन। आज कसैलाइ यदि रिस र डाहा छ भने यसैमा छ। म रिस र डाहालाइ राम्रो सङ्ग चिन्दछु। दम्भ र घमण्डलाइ पनि चिन्दछु। यसको कलरलाइ पनि चिन्दछु। हाइट र वोइटलाइ पनि चिन्दछु। कसैको क्षमता र औकात कति छ भन्ने मलाइ थाहा छ। यसको उपचार केहो मलाइ राम्रोसँग थाहा छ। बातको ठाउँमा लात हान्न पनि जानेको छु।

बुद्धि र विवेकलाई राम्रोसङ्ग खेलाउन जानेको छु। मेरो कपाल कसैले फुटाउन चाहन्छ भने मितको कपालमा मलम पट्टि लगाउनु पर्छ भन्ने केहि छैन। हिजो आज बजारमा सुटिङ बिना हिरोको हुँदैछ अरे। यो सुटिङको खलनायक र उत्पादक कर्ता को हो ? उसको एतिहासिक पृष्ठभूमि के हो ? मैले के जानेको छैन र ? फेक भिडियोलाई, इडिट गरेको भिडियो, इडिट गर्ने एप्स (काइन्ड मास्टर) बाट फोटो जोडेर राजनीती गर्न खोजिदैछ र अर्काको चरित्र हत्या गरेर आफुलाइ बहादुर बनाउनु र एउटा योग्य म राज नेता त भन्दिन जिल्ला नेता हुने प्रयास गर्नु यो जस्तो मुर्खता र पाखण्डिको अर्को रुप के हुन्छ र? एउटा बच्चा र अबोध महिलाको फोटो इडिट गरेर कसैले राजनितक अभिष्ट पूरा गर्न खोजेको छ भने उसको दिबा सपना हो।

हाम्रो बीचमा केही छैन भनी मौखिक, लिखित र पत्रकार सम्मेलन गरेर जानकारी दिदा पनि चरित्र हत्या गर्नु भनेको बाच्न पाउने अधिकारमाथिको ठाडो उल्ङ्घन हो। यिनिहरुलाइ ज्यान मारा भन्ने कि? अपराधि गिरोह? राजनीतीज्ञ भय राजनीतिक हिसाबले समधान गरौला। अपराधी गिरोहो भने साइबर अपराध वा अदालति प्रकृयाबाट हल गरिन्छ। सबैलार्इ चेतना भया ।