मञ्जुको तेस्रो कृति ‘अतृप्ति’ को लोकार्पण



काठमाडौँ। साहित्कार मन्जु विमलीको तेस्रो कृति उपन्यास ‘अतृप्ति’ लोकार्पण गरिएको छ।

मंगलबार आफ्नै ९१ वर्षीया आमा राममाया विमलीको हाबाट कपन आकाशे धारास्थित आफ्नै धरमा फेसबुक लाइभ गरि लोकार्पण गरिएको हो। कार्यक्रममा कृतिका प्रकाशक पैरवी बुक हाउस प्रालिका अध्यक्ष चन्द्र शिवाकोटी, परिवारका सदस्यहरू र साहित्यकार कृष्ण धराबासी उपस्थिति रहेको थियो।

१७६ पृष्ठको उक्त उपन्यास नारी मनोविज्ञानमा आधारित रहेको, मानिस कमजोरीसहितको हुने हुनाले त्यसलाई उसकै अवस्थामा हेरिएको विचार लेखक मन्जु बिमलीले बताईंन्।

प्रकाशक चन्द्र शिवाकोटी, आमा राममाया बिमली र साहित्यकार कृष्ण धरावासीले आफ्ना विचारहरू राखेका थिए। विमलीका यसअघि दुई कृति ‘दई थोपा आँसु’ कवितासंग्रह र ‘खीर’ संस्मरण प्रकाशित छन्।