एमालेको भन्दा एकसिट भएपनि अगाडि हामी हुन्छौंः झाँक्री



काठमाडौँ। नेकपा एमालेबाट विद्रोह गरेर माधव नेपालको नेतृत्वमा निर्माण गरिएको नेकपा (एकीकृत समाजवादी) को नेता एवं प्रतिनिधि सभाका सांसद रामकुमारी झाँक्रीले आगामी चुनावमा केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले भन्दा एक सिटै भएपनि बढि ल्याउने दाबी गरेकी छन्।

कान्तिपुर टिभीबाट सोमबार प्रसारित कार्यक्रम ‘फायरसाइड’मा अन्तर्वार्ता दिदै उनले यस्तो दाबी गरेकी हुन्। उनी भन्छिन, ‘चुनावमा केपी शर्मा ओली अध्यक्ष्य रहेको नेकपा एमाले भन्दा एक सिटै भएपनि बढि ल्याउछौं त्यति चाहि भन्न सक्छु म, त्यति चाहि भन्न सक्छु म, किनभने यो वर्ष थपिने मतादाता, गतसाल थपिने मतदाता र विद्धवान पूर्व प्रधानमन्त्रीका गफ सुन्दै गरेर डिभि भर्न नपाका, विदेश जान नपाका, ति मतदातालाई तार्गेट गरेर यो पार्टी बनाउँदैछौं। त्यस कारण, यहाँ हुनै चिन्ह, नामले कुनै मान्छे अल्मलिन्छन भन्ने लाग्दैन।

माधब कुमार नेपाल, राकुमारी झाँक्रीको अनुहार नामले नै एमाले भन्दा एक सिट बढि जितिन्छ? भन्ने पत्रकारको प्रश्रमा रामकुमारी भन्छिन, ‘नो, मुद्धाले हाम्रो अनुहारले होइन, हाम्रो मुद्धाले उहाँहरुको प्रतिनिधित्वले।’

गठबन्धन सरकारले मन्त्रीमण्डललाई पूर्णता दिन सोमबार पनि बैठक बसेको थियो। तर, अझै निर्णय भइसकेको छैन। माधव नेपाल नेतृत्व नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागि हुने निर्णय गरिसकेको छ। मन्त्री छान्ने अधिकार संसदिय दलका नेता माधब नेपाललाई दिएको छ। एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्ने चर्चा रामकुमारी झाँक्रीको पनि हुँदै आएको छ।