प्रचण्ड र प्रभाकरबीचको शक्ति संघर्षमा वाइसीयल



काठमाडौँ। नेकपा माओवादी केन्द्रले भ्रातृ संगठन वाईसीएलको अध्यक्ष छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ। सोमबार बसेको स्थायी समिति बैठकले प्रचण्डलाई उक्त जिम्मेवारी दिएको एक स्थायी समिति सदस्यले रातोपाटीलाई जानकारी दिए।

गत शनिबारबाट सुरु भएको वाईसीएलको भेलाले अध्यक्षमा सहमति जुटाउन नसकेपछि पार्टीको बैठक बसेको थियो। अध्यक्षमा सुवोधराज शेर्पाली र सुमन देवकोटाले दाबेदारी प्रस्तुत गरेका छन्।

शेर्पाली माओवादी नेता जनार्दन शर्मा पक्षधर हुन् भने देवकोटा अध्यक्ष प्रचण्ड निकट मानिन्छन्। शेर्पाली भन्दा देवकोटाको सम्भावना बढिरहेको वाईसीएलका नेताहरुले बताएका छन्। शेर्पाली महासचिव हुन् भने देवकोटा उपाध्यक्ष हुन्।