‘नयाँ पुस्ताको आकर्षणमा कांग्रेसको भविष्य निधारण हुन्छ’



जुम्ला। नेपाली कांग्रेसका युवा नेता लक्ष्मण शाहीले नयाँ पुस्ताको आकर्षणका आधारमा कांग्रेसको भविष्य निश्चित हुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत पार्टीको १४औं महधिवेशनको अवसरमा शुभकामना व्यक्त गर्दै अघिल्लो पुस्ताको सम्मान, युवा पुस्ताको साथ र नयाँ पुस्ताको आर्कषणमा कांग्रेसको भविष्य निश्चित हुने बताएका हुन्।

उनले सामाजिक सञ्जाल फेशकुमा लेखेका छन्, ‘लोकतन्त्रवादीको रगतले सिंचित रक्तरन्जित चारतारे झण्डा हाम्रो शान, मान र गरिमालाई उचो राख्दै पार्टीभित्र अघिल्लो पुस्ताको सम्मान युबा पुस्ताको साथ र पछिल्लो पुस्ताको आकर्षणमा मात्रै कांग्रेस पार्टी जीवन्त रहने विशवासका साथ पार्टीको १४औं महाधिवेशनको तयारीमा छौं।’

उनले अगाडि लेखेका छन्, ‘नवीन बिचार, उदार मनोभावना,कुशल संगठक,उर्जाशिल क्षमता र नैतिकवान ब्यक्तित्वहरुको चयन पार्टीको भबिस्यसग जोडिएको बिषय हो। गुट निहित स्वार्थका लागि बनेका अस्थायी संरचाना हुन त्यसैले हामी मजबुत र स्थायी कांग्रेसका लागि व्यक्ति प्रधान हैन बिचारको प्रधानतालाई आत्मा सम्झने साथिहरू एक ठाउँमा उभिन जरुरी छ।’

जुम्ला कांग्रेस संगठन विभाग प्रमुखसमेत रहेका शाहीले सहमति र सहकार्यका आधारमा नेतृत्व निर्माण गर्न आम नेता कार्यकर्ताहरुलाई अनुरोध गरेका छन्।

उनले लेखेकाे छन्,  ‘नेपाली कांग्रेस पार्टीभित्र सक्कली लोकतन्त्रको परिपाटी सजीव रहन सक्छ वा सक्दैन भनेर सबैमा चिन्ता र चासो जागेको छ। चिन्ता यस मानेमा कि प्रजातान्त्रिक परिपाटी जीवितै रहला वा नेताहरूको गुटगत लडाइँले खिइँदै र सकिँदै जान्छ यसको लेखाजोखा भविस्यमा अवस्य हुनेछ। जुम्ला जिल्लाका ६० वटै वडा अधिवेशन ७ वटै गाउँपालिका र चन्दननाथ नगरपालिकामा सहमति, सहकार्य, एकताका साथ सबै अधिवेशन सफलता पूर्वक सम्पन्न गर्न हार्दिक अनुरोध गर्दछु। समृद्ध देश र सुदृढ कांग्रेस निर्माणको लागि १४औं महाधिवेशन सफलताको धेरैधेरै शुभकामना।’