नतिजा पुन:प्रकाशनको माग राख्दै रिले अनशन सुरू



काठमाडौँ। पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत काठमाडौँ स्थित हिमालयन कलेज अफ एग्रि कल्चर साइन्सेस एन्ड टेक्नोलोजी (हिकास्ट) कलेजका विद्यार्थीहरूले रिले अनशन सुरू गरेका छन्।

(कोभिड-१९) को समयमा लिएको ‘Time Bound Home Exam’ कृषि सातौं , भेटेरिनरी सातौं र नवौ सेमेस्टरकाे २०७८/०५/०९ गते प्रकाशित नतिजा आधाभन्दा बढि विद्यार्थीको रिजल्ट ‘I’ अर्थात incomplete आएको हुँदा पुन:प्रकाशन माग राख्दै विद्यार्थीहरूले रिले अनशन सुरू गरेका हुन्।

भदाै १३ गतेदेखि हिकास्ट कलेज मुख्य कार्यालय कलंकीमा रिले अनशन बसेका छन्। कलेज प्रशासनले दिइएको नियम र निर्देशन पालना गर्दै निर्धारित समयभित्र उत्तरपुस्तिका पठाउँदा पनि गैर जिम्मेवार पूर्ण रूपमा परीक्षाफल प्रकाशित भएकोमा कलेजमा विद्यार्थीहरू आक्रोशित भएका छन्र।

विभिन्न आन्दोलनका कार्यक्रमहरू मध्य रिले अनशन सुरू गरेका छन्। विद्यार्थीहरूको माग लाई व्यवास्ता गरे थप सशक्त रूपमा प्रस्तुत हुने विद्यार्थीहरूले चेतावनी दिएका छन्। मागहरु पूरा नभएसम्म आन्दोलन जारि रहेने अनशनरत विद्यार्थीहरूकाे भनाइ छ।