रूकुममा माओवादीद्वारा शिक्षकलाई धम्की



सुर्खेत। पश्चिम रुकुम चौरजारी नगरपालिका वडा नम्बर १३ का स्थित श्री सरस्वती माध्यामिक विद्यायलका शिक्षक मोहन मल्लालाई माओवादी केन्द्रका स्थानीय नेताहरूले जबरजस्ति पार्टी सदस्यता प्रदान गरेका छन्।

शिक्षक मल्लले एक विज्ञप्ति जारी गर्दै आफूलाई जबरजस्ति रूपमा माओवादी केन्द्रका नेता कार्यकर्ताले पार्टी सदस्यता प्रदान गरेर फोटो खिचाएर आफ्नो अरित्र हत्या गरेको जानकारी गराएका छन्। शिक्षक मल्लले केही स्थानीय माओवादीका नेता कार्यकर्ताहरूले आफूमाथि राजनीतिक पूर्वाग्रह राखेको दाबी गरेका छन्।

शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा यस चौरजहारी नगरपालीका वडा नम्बर १३ स्थित श्री सरस्वती माध्याकि विद्यालय घरेलीचौर प्रावि स्थायी कार्यरत शिक्षक मोहन मल्ल, म राजनीतिभन्दा पनि शिक्षण पेशामा बढि प्राथामिकता दिने हुनाले मलाई नेकपा माओवादीका पाटीका नेताले जागिरबाट बरखास्त गर्ने जस्ता धम्कि दिई जबर्जस्ती एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्यता समात्न लगाई फोटो खिची सामाजिक सञ्जालमा राखी चरित्रहत्या गर्ने खोजियो।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसको घोर बिरोध गर्दै म कुनै पनि पार्टीमा प्रवेश नगरेको र म पहिलेकै नेपाल राष्ट्रिय शिक्षक संगठनमा रहेको जानकारी गराउन चहान्छु। मलाई मेरो ज्यानको असुरक्षित महसुस भएको हुँदा सुरक्षा व्यवस्था मिलाइन पनि अनुरोध गर्न चहान्छु।’