काठमाडौँ। तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको साधरण शेयर (आईपीओ) का लागि २३ लाख ८८ हजार भन्दा धेरै जनाले आवेदन दिएका छन्। कम्पनीले भदौ ९ देखि १३ गते (आज)सम्मका लागि आईपीओमा आवेदन दिने मिति तोकेको थियो।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। कुल निष्कासनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। आवेदकहरुको संख्या यति ठूलो भए पनि जम्मा ८० हजार जनालाई मात्रै यसको आईपीओ पर्नेछ। आवेदन दिएका मध्ये करिब २३ लाखकै हात रित्तो हुनेछ।