कालिकोट जीप दुर्घटना: चालकको मृत्यु, ११ जना घाइते



कालिकोट। जिल्लाको कर्णाली करिडोर अन्तरगत शान्नित्रिवेणी गाउँपालिका वडा नम्बर २ को आम्तडाको उकालोमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

अविरल बर्षातका कारण घाइतेहरुको दुईघण्टा वितिसक्दा पनि अझै उद्वार हुन सकेको छैन। शान्नि त्रिवेणी गाउँपालिकादेखि जितेगडा जाँदै गरेको क १ ज २३ नम्बरको जिप आम्तडाको उकालो चढ्ने क्रममा दुर्घटना हुँदा गापाकै रकुका स्थानीय विक्रम गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै प्रहरीका अनुसार दुर्घटनामा परी ११ जना घाइते भएका छन्। घाइते हुनेमा राष्कोट ९ घर भएका नरपति लुवार, लक्ष्मि बराल, जगत तिरुवा, प्रेम बराल, टेक लुवार, र राष्कोट नगरपालिका वडा नम्बर ७ का कमलराज शाही रहेका छन्। त्यस्तै शान्नित्रिवेणी गाउँपालिका वडानं। ६ का बदे संज्याल, रन्त प्रसाद संज्याल, सुन्दर संज्याल, तिलक प्रसाद संज्याल, र पँचालझरना गाउँपालिका वडा नम्बर ९ कि अनिता शाहीलगाएत ११ जना घाइते बनेका छन्।

घाइते मध्य ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ। अन्य ६ जनाको अवस्था भने सामान्य रहेको छ। उद्धारमा खटिएका पलाता ९ का ललितजंग बमका अनुसार केही घाइतेको अवस्था गम्भीर छ।

यता प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार घाइतेको हेलिकप्टर मार्फत उद्वार गर्ने तयारी थियो। मौसम खराबिका कारण हेलिकोप्टर अझै उड्न सकेको छैन। पहिरोले सडक अवरूद्व अवस्था छ। घाईतेलाई सामान्य उपचार गर्न शान्नित्रिवेणी गाउँपालिकाको स्वास्थ टोलिले उपचार गरिरहेको छ। गम्भीर घाईते हेलिकप्टरको प्रखाईमा आम्तडाको उकालोमा छटपटाई रहेका छन्।

घाइते हुनेहरु ११ जना मध्य ३ जना अति गम्भिर रहेका छन् जसमा टेक लुवार अनिता शाही र नरपति तिरुवा रहेको पत्रकार वीरेन्द्र आचार्यले बताए। पत्रकार आचार्यका अनुसार राष्कोट र शान्नित्रिवेणीबाट आएको स्वास्थ्यकर्मीको टोलिले घटना स्थलमा प्राथमिक उपचार गरिरहेको छ।