अफगानिस्ताको आईएसमाथि अमेरिकी सेनाको ड्रोन आक्रमण



काठमाडौँ। अफगानिस्तानमा अमेरिकी सैनिकले इस्लामिक स्टेट (आईएस) माथि ड्रोन आक्रमण गरेको छ।

पूर्वी अफगानिस्तानको नानगहार प्रान्तमा भएको आक्रमणमा एक जना आईएस सदस्यको मृत्यु भएको समाचार बीबीसीले लेखेको छ।

मृत्यु हुने व्यक्ति काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार रहेको अमेरिकाको दाबी छ। आक्रमणमा अन्य साधारण नागरिकहरूलाई कुनै क्षति नभएको अमेरिकी सेनाले बताएको बीबीले उल्लेख गरेको छ।