कालिकोट। हत्यागरि मकैबारिमा फालिएकी खाँडाचक्र नपा–६ दाँहाकी १६ वर्षीया निरू विकको घटनामा संलग्न दोषी पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयसँग दलित अधिकारकर्मीले माग गरेका छन्।
शुक्रबार दलित अधिकारकर्मीले सयुत्त विज्ञप्ति जारी गर्दै खाँडाचक्र नपा–६ दाँहाका रत्ने नेपालीकी १६ वर्षीया छोरी निरू बिकको मकैबारीमा शव भेटिएका थियो। भदौ ४ गते मन्दिर जान्छु भनेर निस्किएकी निरुको ७ गते आफ्नै घर नजिककैको मकैबारीमा आधा शरीर जंगली जनावरले खाएको अवस्थामा शव भेटिएको थियो।
उक्त घटनाको अनुसन्धान फितलो भएको भन्दै निष्पक्ष छानविनका लागि दलित अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालयलाई विज्ञप्ति बुझाएका हुन। बलात्कार पछि हत्या भएको आशंका गरीएको घटनाको बारेमा अनुसन्धानगरी दोषीलाई कारबाही गर्न माग गरीएको छ।